काठमाडौं,१३, वैशाख ।

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरले पार्टीमा बस्ने अवस्था नरहेको बताएका छन् ।सक्रिय राजनीतिबाट बिदा लिने मनसायमा पुगेको पूर्वकेन्द्रीय सदस्य घिमिरेले बताए । ‘राजनीति मेरो लागि उपयुक्त फिल्ड भएन । पार्टीको एउटा गुटले ढोका थुनेको थियो’ घिमिरेले अनलाइनखबरसँग भने, ‘अर्कोले पनि ढोका थुनेपछि के गर्ने?’पार्टीको संस्थापनइतरका नेता डा शेखर कोइराला निकट रहेका उनी उक्त समूहप्रति पनि असन्तुष्ट देखिए । ‘पार्टीमा मुल्य पद्धति छैन । राय परामर्श कसैको लिइँदैन’ घिमिरेले भने, ‘यस्तो भएपछि निस्क्रिय बस्नुको विकल्प बाहेक के रहृयो ?’पार्टीमा रहेका सबै समूह उस्तै रहेको उनले आरोप लगाए । कार्यकर्तालाई अन्याय भयो भनि बोलिदिने नेता पार्टीमा नरहेको उनको निचोड छ ।स्थानीय तहको निर्वाचन लगत्तै राजनीतिबाट अलग बस्न सक्ने उनले बताए । ‘केही निष्ठावान साथीहरूले टिकट पाउनुभएको छ । उहाँहरूलाई जिताउन लाग्छु । त्यसपछि केही निर्णय अवश्य लिन्छु ।’नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष रहेका घिमिरे प्रदेश १ को कांग्रेस सभापतिमा पराजय भोगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here