रौतहट, ३० चैत्र ।
मालपोत कार्यालय गौर रौतहटमा जिल्ला कार्यक्रम कार्यान्वयन समितिले लिखत पारितको शतबार्षिकी कार्यक्रमको समुद्वघाटन गरेको हो ।
मालपोत कार्यालय रौतहट गौरका निमित्त कार्यालय प्रमुख जयमंगल साहको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत प्रलव कायस्थको प्रमुख आतिथ्यमा लिखत पारितको शतबार्षिकी कार्यक्रम सरसफाइ गरि समुद्वघाटन गरेको हो । समउदघाटन कार्यक्रमका प्रमुख अतिथिको आसनबाट बोल्दै प्रशासकिय अधिकृत कायस्थले सहभागी कर्मचारीहरुलाई सुशासनको परिभाषा बताउदै उनले नागरिकको अपेक्षाअनुरूप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई शासनको सुखद अनुभूति दिलाउने कार्यमा लाग्न सबैलाई आग्रह गरेका छन् । सो समितीले चैत ३० गते देखी बैशाख २ गते सम्म ३ दिन विभिन्न कार्यक्रम गरि शत बार्षिकी मनाइने योजना रहेको मालपोतका प्रमुख साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here