राष्ट्रपति विद्या भण्डारीले विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी ‘समृद्ध नेपाल ः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्नु हाम्रो प्राथमिकताको विषय रहेको बताउनु भएको छ ।

शनिबार काठमाडौंको भृकुटीमण्डवमा आयोजित हिमालयन हाईड्रो एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयातित विजुलीका कारण केही वर्षअघि मात्रै हामीले लोडसेडिङबाट मुक्ति पाएको उल्लेख गर्दै उहाँले यसको दिर्घकालीन समाधान भनेको हाम्रो आफ्नै उत्पादन हुनु रहेको पनि स्पष्ट पार्नु भयो । त्यस अवसरमा राष्ट्रपति भण्डारीले दुई छिमेकी मुलुक भारत र चीनमा पनि विद्युत व्यापारका लागि प्रशारण लाईन निर्माण गर्ने काम सुरु भएको भन्दै त्यसले मुलुकमा यस क्षेत्रको विकासका लागि लगानी गर्न प्रतिस्पर्धाको वातावरण बन्ने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘हाम्रो मुलुकमा जलविद्युत उत्पादनका हाम्रो दशमा जलविद्युत उत्पादन र व्यापारका क्षेत्रमा विद्यमान अनेकौ संरचनागत चुनौतिको सामना गर्दै ऊर्जा व्यवसायीहरु संगठित र संस्थागत हुँदै जानु सन्तोषको विषय हो । हाम्रो मुलुक अथाह जलसम्पदाले सम्पन्न छ । विद्युतको आन्तरिक खपत गरी निर्यात गर्ने क्षमता समेत हामी राख्दछौं । मुलुकको अधिकांश क्षेत्र हिमाली र पहाडी भएका कारण दू्रतगतिमा प्रवाह हुने धेरै नदीहरुले जलविद्युतको विकास र विस्तारमा ठूलो योगदान पु¥याउन सक्दछन । विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्नु हाम्रो प्राथमिकता हो । एक शताब्दी अघि नै उत्पादन सुरु गरि नेपालले जलविद्युतका क्षेत्रमा सम्भावनाको ढोका खोलेको विषयमा प्रायः चर्चा हुँदै आएको छ । हाम्रो राष्ट्रिय ऊर्जा आवश्यक्ता पूरा गर्ने उद्देश्य राखेर जलविद्युत विकासका लागि योजनावद्ध प्रयास हुन थालेको समेत आधा शताब्दी भईसकेको छ । यी प्रयासहरु भएतापनि जनताको ठूलो संख्याले अझै विजुली बाल्न पाएका छैनन् भने हाम्रा उद्योगहरुले आज पनि माग अनुसार विजुली प्राप्त गर्न सकिरहेका छैनन् ।’

राष्ट्रपति भण्डारीले साना र मझौंला जलविद्युत आयोजनामा लगानी गरेर उज्यालो गाउँ बनाउने अभियानलाई तीव्रता दिन पनि निजी क्षेत्रलाई आग्रह गर्नुभयो । राष्ट्रपति भण्डारीले ठूलो जलविद्युत आयोजना सम्पन्न गर्न समय लाग्ने भएकाले त्यसले तत्काल ऊर्जा आपूर्ति हुन नसक्ने पनि दोहो¥याउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here