११ चैत, काठमाडौं ।

गत फागुन महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या झनै घटेको छ । माघमा भन्दा माघमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या १ हजारले घटेको छ ।वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेकामा पुसबाट घट्न सुरु गरेको थियो ।वैदेशिक रोजगार विभागका अनुसार फागुन महिनामा ५३ हजार ४५७ जना विदेश जान श्रम स्वीकृति पाएका छन् । माघ महिनामा यस्तो संख्या ५४ हजार ४७० जना थियो । फागुनमा दैनिक औसत १ सय ७८१ जना श्रमिक विदेश गएका छन् ।बितेको फागुन महिनामा बाहिरिएका साढे ५५ हजारमध्ये २७ हजार ५२० जनाले नयाँ श्रम स्वीकति लिएका थिए भने अन्यले श्रम स्वीकृति नवीकरण गरेका थिए ।

गत पुस महिनामा दैनिक औसत वैदेशिक रोजगारीमा जानेको संख्या करिब २ हजार र मंसिरमा २ हजार ५ सय थियो । पुस महिनामा ६६ हजार ६२५ जना श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए भने मंसिर महिनामा ७४ हजार ३५४ जना नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि विदेश पुगेका थिए ।नेपालमा महामारीको तेस्रो लहरले माघ महिनामा यसरी विदेशिने श्रमिकको संख्या घटेको अनुमान छ । वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको संकट हट्दै गएपछि विदेशिने नेपालीको संख्या बढ्दै गएको थियो । तर, पुस महिनापछि संख्या बढ्ने क्रम रोकिएको छ ।

अहिले पनि खाडी मुलुक कतार, साउदी अरेबिया र यूएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत, ओमान लगायतका देशमा पनि नेपालीहरु गइरहेका छन् । चैत्रत महिनादेखि मलेसियाबाट पनि माग आउन थालेकाले अब विदेसिने नेपालीको संख्या अझै बढ्ने अनुमान छ ।विभागका अनुसार २०७८ वैशाखमा २४ हजार ३६३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । तर, जेठमा विदेशिने नेपालीको संख्या घटेर ४ हजार ८६ मा सीमित भएको थियो । असारमा २० हजार ६५८ जना नेपालीले विदेश जान श्रम स्वीकृति लिए ।विभागका अनुसार साउनमा २५ हजार ४२८ जना, भदौमा ३६ हजार ४० जना, असोजमा ३९ हजार ६७१ जना र कात्तिक महिनामा ५४ हजार ९१८ जना नेपाली कामका लागि विदेश उडेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here