जनकपुर, ५ चैत्र ।
बिहीबार पहाडी क्षेत्रमा मनाईएको होली पर्व शुक्रबार मधेशमा मनाए पनि जनकपरधामसहित आसपासको मिथिलाञ्चल क्षेत्रमा भने आज (शनिबार) होली पर्व मनाइँदै छ ।
१५ दिने मिथिला मध्यमा परिक्रमा समापन भएको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा होली मनाउने परम्परा रहदैं आए अनुसार शनिवार होली मनाउन लागिएको हो ।
मिथिलाञ्चल क्षेत्रका धेरै स्थानमा शुक्रबार नै होली पर्व मनाइएको थियो। जनकपुरधामसहित आसपासका क्षेत्रमा आज हर्सोल्लासपूर्वक घर घरमा मिष्टान परिकार खाँदै रंग अविर लगाएर होली मनाइँदै छ।
प्रत्येक वर्ष २ दिन होली हुदैं आएकामा यस वर्ष भन्ने तिन दिन होली पर्व मनाइएको पाएको छ ।








