रौतहट, ६ फागुन ।
रौतहतको दुर्गा भगवती गाँउपालिकामा भएको सवारी दुर्घटनामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको दुर्गा भगवती गाँउपालिका वडा नं. २ कर्बोलमा बिहीबार बेलुकी भएको सवारी दुर्घटनामा एक जना मोटरसाइकल सवार चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको सनाखत हुन बाकी रहेको छ ।
गगापिप्राबाट सुकदेवचौकतर्फ जाँदै गरेको ना २ त ८६०५ नम्बरको ट्रयाक्टरले बिपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाईकल चालकको उपचारको क्रममा जिल्ला अस्पताल गौरमा मृत्यु भएको हो । दुर्घटना पश्चात ट्रयाक्टर चालक भने फरार भएका छन् । फारार भएका चालकको खोजी तलाश भइरहेको ईलाका प्रहरी कार्यालय गंगापिपरा रौतहटले जनाएको छ ।








