५ फागुन, सर्लाही । प्रतिबन्धित लागूऔषधसहित मलंगवाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको मलंगवा नगरपालिका ८ बाट हरिपुर नगरपालिका ६ का २० वर्षीय रवीकुमार साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सीमानाकामा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको अटोमा सवार उनलाई शंकास्पद अवस्थामा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध बरामद भएको सर्लाहीका प्रहरी प्रवक्ता नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

साहको साथबाट नाईट्राभेट ट्याब्लेट ३० पत्ता, एक बोटल कफ(रेक्स र एक बोटल डाईलक्स–डिसी बरामद भएको हो । बुधबार साँझ पक्राउ परेका उनीमाथि आवश्यक अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here