३ फागुन, महोत्तरी । जिल्लाको मध्यक्षेत्रका किसान अहिले सुर्ती खेतीबाट आफ्नो जीवनस्तर उकास्दैछन् । केही वर्षपहिलेसम्म हातमुख जोर्नै समस्या हुँदै आएका बलवा नगरपालिकाका किसानले सुर्ती खेतीमा लागेपछि आर्थिक अवस्थामा सुधार भएको बताएका हुन् ।

अहिले यस नगरपालिकामा गाभिएका यसअघिका पडौल, बदियाबन्चौरी, बनौटा र धमौरा गाविस क्षेत्र सुर्ती खेतीका लागि उर्वर बन्दैछ । यो चुरोट बनाउने नभएर चुनामा मोलेर खाने सुर्तीको खेती हो ।

एक दशकअघिसम्म परम्परागत अन्न बाली मात्र लगाउँदा अपेक्षित उत्पादन नभएर जीवन धान्न धौधौ परेपछि किसानले वैकल्पिक खेतीका रुपमा सुर्तीलाई रोजेका हुन् । सुर्ती खेती गर्न लागेपछि घरको गुजारा चलाउन सहज हुनाका साथै नगद पनि सञ्चय गर्न थालिएको यहाँका किसानको भनाइ छ ।

कम सिँचाइमा पनि बढी उत्पादन लिन सकिने र भण्डारण एवम् प्याकिङको काम गर्न घरका परिवारले भ्याउने भएपछि सुर्ती खेतीलाई प्रमुख बालीको रुपमा स्थान दिइएको पडौलका राजकिशोर यादवले बताए । रोप्ने र गोड्नेबाहेक अन्य काममा श्रमिक नपाउँदा पनि खेतीमा खासै अप्ठ्यारो नपरेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here