रौतहट, १० माघ ।
नेपाल सद्भावना पार्टी नेपालका संस्थापक स्वर्गिय गजेन्द्र नारायण सिंहको आज २० औँ स्मृति दिवस मनाइँदैछ । लोकतान्त्रिक समाजवादी पार्टीले काठमाण्डौं स्थित आफनो पार्टी कार्यालयमा एक कार्यक्रम गर्दै स्मृति दिवश मनाएको छ । त्यस्तै अनिल महासेठ संयोजक रहेको गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले आज तराई मधेशको जिल्लाहरुमा ‘मधेश प्रदेश नामकरण र गजेन्द्रनारायण सिंह’ विषय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
केन्द्रले आज एक विज्ञप्ति जारी गजेन्द्रनारायण सिंहले सुरु गरेको अधिकार प्राप्तिको लडाइ केही हदसम्म सार्थक भएको उल्लेख गर्दै त्यसैको फलस्वरूप आंशिक रुपमै भए पनि मधेस प्रदेश पाएको उल्लेख गरेको छ।
अर्को तर्फ स्वर्गिय सिंहको स्मृति दिवश रौतहटमा पनि लोसपाका केन्द्रिय नेता अनिल कुमार झाको नेतृत्वमा मनाईको छ । स्मृति दिवश मनाई रहेका सबै संघ संस्था तथा व्यक्तिहरुले उनको प्रेरणा र विभिन्न समयमा भएका संघर्ष, आन्दोलन र सहिदहरुको सहादतले मधेशी जनसमुदायको चाहना अनुसार थोरै भएपनि मधेसको मुद्दा स्थापित भएको केन्द्रको दावी रहेको छ ।








