पुस १२ : सोलुखुम्बुको सोलु खोला दूधकोशी जलविद्युत आयोजनामा पाइप पड्किँदा दुई जना मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

थुलुङ दूधकोशी गाउँपालिका ३ पन्चनमा रहेको ८६ मेगावाटको दूधकोशी जलविद्युत आयोजनामा शनिबार दिउसो फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएको हो।

पाइप पड्किँदा जलविद्युत आयोजनामा कार्यरत अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी शाहीका अनुसार एक जना घाइते भएका छन्। उनलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको उनले बताए।

विस्फोट लगत्तै सुवास र अर्जुन बेहोस भएका थिए। उनीहरुलाई उपचारका लागि ओखलढुङ्गा अस्पताल लगिएको थियो। अस्पताल पुर्याउने वितिक्कै चिकित्सकले मृत घोषणा गरेको प्रजिअ शाहीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here