भोलि (मंगलबारदेखि) सुरु हुने प्रतिनिधि सभाको पहिलो बैठकमा अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता कार्यसूचीमा परेको छैन।
संसद सचिवालयले उपलब्ध गराएको कार्यसूचीमा एमसीसीसम्बन्धी विषय समावेश छैन। हिउँदे अधिवेशनको यो बैठक मंगलबार दिउँसो २ बजे बस्दैछ।
एमसीसी संसदमा पेश गर्ने कि नगर्ने भन्ने विषयमा दलहरु विभाजित छन्। कतिपयले भोलि एमसीसी टेबल गर्नको लागि प्रतिनिधि सभाको बैठक डाकिएको बताएका थिए।
सम्भावित कार्यसूचीको पहिलो नम्बरमा अधिवेशन सुरु भएको भन्ने ब्यहोराको राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धि पत्र पढेर सुनाउने रहेको छ।









