पर्सा । पर्सा प्रहरीले १६ वर्षिय किशोरीलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेना भारत जम्मु कश्मीर चट्टा भोर क्याम्प वडा नम्बर २ तसिल गाडीगाडका २९ वर्षीय सतवन्त सिँह रहेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनु भयो ।

मंसिर २४ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थित आफ्नै कोठामा लिएर जबरजस्ती करणी गरेको किशोरीका अभिभावकले दिएको जाहेरीका आधारमा सिँहलाई प्रहरीले पक्राउ गरेको हो । सिँहलाई जिल्ला अदालत पर्साबाट जबरजस्ती करणी सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here