मंसिर १७ गते । जनकपुरधाम नगरक्षेत्रमा मासु, मदिरा तथा लागु पदार्थको सेवन र विक्रीमा रोक लगाइएको छ ।

भोली देखि सुरु हुन लागेको राम–जानकी विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै मंसिर २६ गतेसम्म मासु, मदिरा तथा लागुपदार्थ सेवन तथा विक्री वितरण गर्न पूर्ण निषेध गरिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिएका हुन् ।

शुक्रवार देखि सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव सुरु हुँदैछ ।

जनकपुर नगरदर्शनबाट सुरु हुने विवाहपञ्चमी महोत्सव रामकलेवा गरेसँगै मंसिर २३ गते सम्पन्न हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here