काठमाडौं ।
काठमाण्डौंको विभिन्न छठघाटहरुमा छठ पर्वको तेस्रो दिन बुधबार अस्ताउदो सुर्यलाई पुजा आराधाना सहित छठ ब्रतालुहरुले अध्र्य दिएका छन् ।
काठमाडौंको गौरीघाट, थापाथलीलगायतका स्थानमा बनाइएको छठ घाटमा भेला भएका ब्रतालुले बुधबार अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्वको मुख्य दिनको विधि पूरा गरेका छन् ।
कोरोना महामारीका कारण गत वर्ष काठमाडौंका जलासयमा यसरी छठ घाट बनाएर छठ पूजा गरिएको थिएन । धेरैले घरमै सामान्य पोखरी र जलासय बनाएर पूजा गरेका थिए । यस वर्ष भने गुह्येश्वरी गौरीघाट क्षेत्रमा हजारौँ भक्तजनको छठ पूजा गर्न भेला भएका थिए ।
त्यस्तै काठमाडौंको थापाथलीमा पनि छठ पूजा गर्नेको संख्या धेरै थियो । छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीस्थित वाग्मती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधना गरेकी छन् । छठी माताको प्रतिमामा पूजा आराधना गरी उनले गुह्येश्वरी गौरीघाट क्षेत्रको छठ पर्वको उद्घाटन गरिन् ।
Home मुख्य समाचार काठमाडौंको विभिन्न छठघाटमा बुधबार अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दियो ।








