बैतडी :- मलेसियामा जोशी ५ वर्षीदेखी वैदेशिक रोजगारीका सिलसिलामा काम काज गर्दै आएका बडिलाशैनी गाउँपालिका–५ बिनाबस्तीका बैतडीका ४२ वर्षीय धनञ्जय जोशीको मृत्यु भएको छ।
जोशीलाई दुई दिनअघि मात्रै ब्लड क्यान्सर रहेको पुष्टि भएको बताइएको छ। ब्लड क्यान्सरबाट पीडित जोशीको आइतबार राति उपचारको क्रममा मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए।
जोशीले मलेसिया मा ५ वर्ष देखी काम काज गर्दै आएका थिए। धनञ्जय जोशीका पतनीका , १ छोरा र २ छोरी छन्।







