
काठमाडौं । आज देशभर आंशिक रुपमा मौसम बदली रहेका र केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा पनि आंशिक रुपमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा आज बिहानको न्यूनतम् तापक्रम १८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २६ देखि २८ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।
आज बिहान देश भरी सूर्योदय ६ बजेर ६ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ३२ मिनेटमा आज हुनेछ ।







