अखिलेश कुमार यादव रौतहट ।

बारा जिल्लाको महागढ़िमाइ नगरपालिकामा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ ।

बारीमा रहेको मोटरमा जडान गरेको तारबाट करेन्ट लाग्दा महागढ़िमाई नगरपालिकाको वडा न ५ ब्रहमपुरी निवाशी ५० बर्षिय रामेश्वर महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनु भएको छ ।

आफ्नै बारीमा जडान गरेको मोटर बाट बारीमा पानि हाल्ने क्रममा कल बाट करेन्ट प्रवाह हुदा घाईते भएको महतोलाई उपचारको लागि जिल्ला अस्पताल कलैया ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।घटना बारे थप्प अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here