अखिलेश कुमार यादव । रौतहट ।
रौतहटमा खोला तर्ने क्रममा पानिले बगाउदा एक जनाको मृत्यु भएको छ। जिल्लाको चन्द्रपुर नगरपालिकाको वडा न ३ गैंडाटारस्थित अवस्थित रहेको चाँदी तर्ने क्रममा खोलाले बगाउदा चन्द्रपुर ३ बस्ने हरिबहादुर ठोकरका १४ बर्षीय छोरा सुकराज ठोकरको मृत्यु भएको छ ।
गएराति राती ९ बजे चाँदी खोला तर्ने क्रममा खोलामा खसे पछि पानीले बगाएको थियो ।
मृतक युवकको शव आईतबार बिहान ७ बजे ३ कि.मि पर फेला परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनु भएको छ ।








