रौतहट । रौतहटको ईशनाथ नगरपालिकाले पनि बिभिन्न कार्यक्रमो आयोजना गरेर संबिधान दिवश मनाएको छ ।इशनाथ नगरपालिकाको नगरप्रमुख सन्तोष मेहताको अध्यक्षतामा कार्यालय परिसर भित्र झण्डा फहराएर ७ औं संविधान दिवश भब्य रुपमा मनाएको छ ।

संबिधान दिवशको अवशरमा संविधान सभाबाट संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिन तथा राष्ट्रिय दिवशको शुभकामना सहित दिप प्रज्वलन गरिएको नगर प्रमुख सन्तोष मेहताले बताए छन ।

नेपालको संविधान बिपरीत दुई पटक प्रतिनिधि बिघटन,सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुर्नस्थापना,अध्यादेशको राजनिति बिरोध समयमा बितेको बताएका छन् ।

दलिय गुटबन्दि पार्टि बिभाजन र सरकार परिवर्तन सम्बन्धि समिकरण निमार्णमै नेताहरुको दिन बितिरहेको नगर प्रमुख मेहताको भनाई रहेको छ । उनले नगरको जनताले बिगतका दिनहरुमा नेपालको संबिधान जोगाउन बिभिन्न कार्यहरु गर्दै आएको तथा धेरै कुराहरुलाई संविधानको दायरामा ल्याएको बताउदै सम्पुर्ण देसबासीलाई संबिधान दिवशको शुभकामना दिएका थिए ।
उक्त कार्यक्रममा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here