जनकपुर– जनकपुरमा नेपाल भारतको सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न भएको छ ।

बैठकमा अगामी सेप्टेम्बर २९ तारेख अर्थात असोज ११ गतेदेखि भारत विहार मधुवनी जिल्लाको ग्रामपञ्चायत चुनावको विषयमा छलफल भएको हो ।चुनावलाई मध्य नजर गर्दै दुवै देशको सुरक्षा टोलीको छलफल पछि ४८ घण्टा सिमा नाका बन्द गर्ने निर्णय समेत भएको छ ।

११ चरणमा हुन लागेको चुनावलाई निष्पक्ष, तटस्थ तथा धान्धलीरहित बनाउनका लागि नेपालवाट पूर्ण सहयोग हुने विश्वास नेपाली सुरक्षा पक्षवाट गराइएको छ ।

खास गरेर नेपाली सुरक्षा अधिकारीहरुले सीमावर्ती भारतीय क्षेत्रवाट नेपाल तर्फ ड्रग्सको सप्लाई बढेको र नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा लुकेर वस्ने गरेको विषयमा भारतीय सुरक्षा अधिकारीको ध्यानाकर्षण गराइएको छ ।

वैठकमा अवैध सामान ओसार पसारमा थप सुरक्षा सतर्कता अपनाउने विषयमा दुवै देशका सुरक्षा अधिकारीहरु सहमत हुनु भएको छ । साथै भारतीय पक्षले नेपाली सुरक्षा अधिकारीवाट हुदै आएको सहयोगको उच्च प्रशंसा गरेका थिए ।

धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरीका प्रहरी उपरीक्षकहरु, शसस्त्र प्रहरी उपरीषकहरु, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु तथा भारतका तर्फवाट विहारका दरभंगाका डिभिजनल कमीस्नर डा. मनिष कुमार, मधुबन्नी जिल्लाका डि एम अमित कुमार, मधुबन्नीका प्रहरी उपरीक्षक सत्यप्रकाश, एस एस विका प्रमुख सहितका सुरक्षा अधिकारीहरुको सहभागिता रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here