अखिलेश कुमार यादव । रौतहट जिल्लाको मौलापुर नगरपालिकाको वडा न ८ सोनरनिया देखि फतुवा विजयपुर नगरपालिकाको सितलपुर जाने बाटोमा दैनिक दुर्घटना भईरहेको कुरा मौलापुर नगरपालिकाको मेयर रिना साहलाई बारम्बार त्यहाको जनताले जानकारी गराउदा समेत अहिले सम्म मौलापुर नगरपालिकाले उक्त बाटो मर्मतको लागि केहि पहल गर्न नसक्दा मौलापुर नगरपालिकाको सोनरनिया देखि फतुवा विजयपुर नगरपालिकाको सितलपुर जाने बाटोको अवस्था जिर्ण बनेको छ ।No description available.

मौलापुर नगरपालिकाको वडा न ८ को वडाध्यक्ष बसन्त यादवले सोनरनिया देखि सितलपुर जाने बाटोले आफुलाई केहि सरोकार न रहेको कारण सडक डिभिजनले मर्मत गर्ने स्थानीय रामाधार यादव बताउछन ।No description available.प्रभु साहको क्षेत्रमा पर्ने उक्त सडक खण्ड समार्ट सिटीमा पनि गर्ने गरेको तर मेयरले अहिले सम्म बाटोको अवस्था हेरेर पनि न हेरेको जस्तो गरेको स्थानीय परमानन्द यादवले बताउनु भएको छ ।No description available.मौलापुर नगरपालिकाको मेयर तथा रौतहट क्षेत्र न ३ को सांसद प्रभु साहले मौलापुर नगरपालिका स्मार्ट सिटि भएको दाबि गर्दै आए पनि मौलापुर नगरपालिकाले अहिले सम्म सोनरनिया देखि सितलपुर जाने बाटोको मर्मत गर्नको लागि पहल न गर्नु आफैमा एउटा दुखद खबर रहेको स्थानीयले बताएको छ ।No description available.

मौलापुर नगरपालिकाको सोनरनिया देखि फतुवा विजयपुर नगरपालिकाको सितलपुर जाने बाटोमा दैनिक स्थानियहरुलाई आवात जावतमा समस्या भईरहेको समान ओसार पोसार गर्ने गाडीहरुलाई हिलोको कारण आवत जावतमा सास्ती खेप्नु परिरहेको चालक चिरनजिवी कुशवाहाले देखेसो पोखेको छ ।No description available.

सितलपुर देखि पाँच मिनेटमा सोनरनिया पुग्ने बाटोमा अहिले २० मिनेट देखो २५ मिनेट लाग्ने गरेको र आफुहरुलाई पढ्न जानको लागि धेरै अप्ठ्यारो भईरहेको साइकले पढ्न जादा बाटो खराब भएको कारण समयमा कक्षा कोठामा पुग्न नसक्ने र साईकल बाट दैनिक खस्दा हात खुट्टामा चोट लाग्ने गरेको स्थानीय बिद्यार्थी रमेश यादवले दुखेसो पोखेको छ ।No description available.

आफ्नो गाउँ बाट बजारको लागि बाहिर जानु पर्ने बेलामा बाटो निकैनै खराब रहेको कारण बजार बाट ७ बजे फर्किने क्रममा साइकल बाट खस्दा आफुलाई चोटपटक लागेको एक जना युवकले मौलापुर नगरपालिकाको मेयर र वडाअध्यक्ष ध्यान आकर्षण गराउन खोजेको छ ।

दैनिक हजारौंको संख्यामा उक्त सडक बाट सवारी साधन ओहोर दोहोर गर्दा र दैनिक दर्जनौ सवारी साधन सडक खाराब भएको कारण दुर्घटना भईरहेको बेला स्थानियहरुले दुर्घटनामा परेको सवारी साधनहरुलाई आवत जावतमा सहयोग समेत गर्दै आईरहेको छ ।

जनताको अमुल्य मत पाएर जितेको जनप्रतिनिधिले जब जनताको कुरा सुन्दैन भने कसले सुन्ला त् जनताको कुरा भनेर मत दिएको जनताले आफ्नो जनप्रतिनिधि संग प्रशं गर्दा समेत जनप्रतिनिधिले अहिले सम्म जनताहरुको गुनासो प्रति ध्यान दिएको छैन ।मौलापुर नगरपालिका देखि फतुवा विजयपुर नगरपालिका जोड्ने सडकको स्थितिको बारेमा जानेर पनि आफुलाई कुनै जानकारी न भएको जस्तो गरिरहेको छ ।No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here