बिरगंज।  कोभिड -१९ ले थला परिरहेको उद्योग, वाणिज्य, आन्तरिक पर्यटन, पारवहन लगायतका क्षेत्रहरुको प्रबद्धन र विकासका लागि गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माको नेतृत्वमा आएका टोलीले वीरगञ्ज उद्योग वाणिज्य संघ सँग बिहिवार भेटघाट गरेको छ ।May be an image of 6 people, people standing and people sittingभेटघाटको क्रममा मन्त्री मणिभद्र शर्माले पर्यटन, उद्योग, वाणिज्य र निजीक्षेत्रको विकासको निमित्त गण्डकी प्रदेश सरकारले रचनात्मक कार्ययोजना अघि सारेको बताएको थियो । आन्तरिक पर्यटनको विकास र प्रबद्धनको लागि प्रदेश सरकारले भर्खरै पर्यटन सम्बन्धी नीति र कानूनको मस्यौदा तयार गरेको र त्यसमा अरु विशेष कुराहरु के के थप्ने भन्ने बारेमा सरोकारवालाहरुसँग सुझाव मागेका छन् ।May be an image of 4 people, people sitting and people standing

उहाँले पर्यटन क्षेत्र नेपालको प्रमुख आय आर्जनका स्रोत भएकोले यसको उन्नयनबाट राष्ट्रिय, प्रादेशिक र स्थानीय अर्थतन्त्रको सबलीकरण हुने भएकोले हाम्रा साझा भूमिका यस तर्फ हुनुपर्ने धारणा राख्नुभयो । बुद्ध एयरका सञ्चालक परासर जङ्ग पाण्डेले आउने २- ३ महिनाभित्रै हवाई यात्रा सोचेको भन्दा भाडा दर कम हुने र पर्यटकहरुको लागि ल्याइएको प्याकेज रकम पनि कमी आउने बताउँदै आगामी दिनमा गुणस्तरीय सेवाहरु प्रदान गर्ने बताउनुभयो ।

 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले स्वागत मन्तव्यको क्रममा प्रदेश नं. २ मा रहेका पर्यटकीय क्षेत्रको प्रबद्धन र विकास गर्दै आएको र यस क्षेत्रले बोकेको पर्यटनको सम्भावनालाई विश्लेषण तवरबाट राष्ट्रिय एवम् क्षेत्रीय तहमा बहसमा ल्याउँदै आएको बताउनुभयो ।

सोही क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. २ का अध्यक्ष गणेशप्रसाद लाठ, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट सेन्टरका केन्द्रीय अध्यक्ष अच्युत गुरागाई, पोखरा टुरिज्म काउन्सिलका अध्यक्ष गोपी बहादुर भट्टराई, नाटा पोखराका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक हरिराम अधिकारी लगायतले पर्यटन प्रबद्धनका सम्बन्धमा भाडा दर, पर्यटन तथा यातायातका सम्बन्धमा आआना धारणा राखेका थिए । होटल तथा पर्यटन समितिका संयोजक तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सहसचिव अनोज रुँगटाले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण मनोज उपाध्यायले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here