१५ भाद्र २०७८ मंगलबार

नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ को सरकारमा सहभागी हुने भएको छ ।केन्द्रमा बनेको गठबन्धनकै आधारमा सो पार्टीले प्रदेशमा पनि सत्ता साझेदारी गर्ने भएको हो । प्रदेश २ प्रदेशसभामा एमालेका २१ सांसदमध्ये नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा १३ सांसद देखिएका छन् । उनीहरुले निर्वाचन आयोगमा सनाखत गराएपछि प्रदेश सरकारमा सहभागी हुने बताइएको छ । नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोले बुधबारसम्म प्रदेशसभा सदस्यको सनाखत हुने र त्यसपछि सरकारमा आफ्नो पार्टी सहभागी हुने बताए ।

प्रदेश २ मा हाल ११ वटा मन्त्रालय कायम छन् । तीमध्ये जसपाका ४, काँग्रेसका ३ र माओवादीका एक मन्त्री छन् भने बाँकी मन्त्रालय मुख्यमन्त्री लालबाबु राउतले आफूसँगै राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here