भदौं ०३ रौतहट –
रौतहट जिल्लाको सदरमुकाम गौरको धरोहरको रुपमा रहेको बिपी चौकमा रौतहट क्षेत्रन १ को (क) को प्रदेश सांसद बाबुलाल साहको पहलमा हाइमस्ट लाइटको जडान कार्य तिब्र रुपमा अगाडी बढिरहेको छ।
प्रदेश २ सरकारको आर्थिक सहयोग तथा रौतहट क्षेत्र नंबर १(क) को प्रदेश सभा सांसद विधायक बाबुलाल साहको पहलमा रौतहटको सदरमुकाम गौरको विपी चौकमा हाइमस्ट लाइटको जडान कार्य भईरहेको छ।
हाइमस्ट लाइटको जडानले जिल्लामा दुर्घटनाको घटना कम हुने स्थानियहरुले आशा समेत गरेको छ ।पार्क र फ्लैग टावरको लागि समेत सांसद साहले रौतहट जिल्लामा पहल गर्दिएकोमा स्थानीयहरूले सांसद साहलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।








