२९ असार २०७८,  काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

सर्वोच्च अदालतको परमादेशको पालना गर्दै राष्ट्रपति भण्डारीले मंगलबार (आज) संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

आजै देउवाले प्रधानमन्त्री पद तथा गोपनियताको सपथग्रहण गर्नुहुनेछ । तर यसका लागि समय तय भइनसकेको र तयारी थालिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here