२१ जेष्ठ रौतहट ।अखिलेश कुम्नार यादव । प्रेम पत्र पठाएको आरोपमा एक दलित युवकलाई सार्वजनिक स्थलमा रौतहट जिल्लामा निर्दयीतापूर्व कुटपिट भएको घटना सार्वजनिक भएको छ ।
शुक्रबार सामाजिक सञ्जालमा भाइरल भइरहेको युवकलाई बाँधेर लठ्ठीले निर्घात कुटपिट भएको भिडियोमा देखिएको घटना प्रेम पत्र पठाएको आरोपमा गैरदलितले दलित युवकलाई कुटपिट गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
कक्षा ११ मा पढ्ने दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवानलाई वडा नम्बर ४ बस्ने किन्सीदेव गिरी र उनका छोराहरु सन्तोष गिरी, छोटु गिरीलगायतको समूहले बिहीबार बाँधेर निर्घात कुटपिट गरेका हुन् ।
दुर्गाभगवती–५ का वडाध्यक्ष धर्मनाथ चौधरीले ती युवकले स्थानीय युवतीलाई प्रेमपत्र लेखेपछि घटना भएको सुनेको बताएका छन् । तर प्रेम पत्र पठाएको विषयमा पुष्टि हुन सकेको छैन ।
पीडित युवकले प्रहरीमा कुटपिट गर्ने विरुद्ध उजुरी दिएका छन् । उजुरी पश्चात कुटपिट गर्नेहरु मध्य फरार रहेका ३ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजदेव गिरि,,रंजन गिरि,लालु सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर घटना बारे ठप्प अनुसन्धान भईरहेको (एसपी) शिद्धिविक्रम शाहले जानकारी दिनु भएको छः ।घटनामा संलग्नको खोजी र थप अनुसन्धान भइरहेको एसपी शाहले बताए ।








