रौतहट २१ जेष्ठ ।
रौतहट जिल्लाको गरुडा नगरपालिकाका एक वडा अध्यक्षको मृत्यु भएको छ । रौतहटको गरुडा नगरपालिकाको वडा न. २ का वडाध्यक्ष विसुनदेव सहनीको उपचारको क्रममा मृत्यु भएको मृतक वडा अध्यक्षका छोरा मनोज सहनीले बताउनु भयो । उहाका अनुसार कोरोनाबाट ग्रसित वडाध्यक्ष सहनी निमोनिया पिडित रहेका थिए । वडा अध्यक्ष सहनीलाई कोरोना संक्रमण भएपछि सिभिल हस्पिटल काठमाडौंमा भर्ना गरि उपचार गराउदै आउनु भएको थियो । उपचाररत रहनु भएका अन्दाजी ७५ वर्षिय सहनीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिहीबार राति सहनीको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । गरुडा नगरपालिकाको वडा न २ गेडही गुठीको वडाध्यक्ष सहनीको अकालमै भएको निधनप्रति गरूडा नगरपालिकाका नगर प्रमुख इन्नु राय यादवले दुःख व्यक्त गर्नु भएको छ ।








