२५ बैशाख । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शनिबार एउटा खानीमा भएको विस्फोटनमा कम्तीमा १० जना मजदुरको मृत्यु भएको छ।
अधिकारीहरुका अनुसार आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट करिब २८१ किलोमिटर दक्षिणपश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन खानीमा उक्त विस्फोट भएको थियो।
खानी भित्र त्रुटिबस एउटा डेटोनेटर पड्काउँदा विस्फोट भएको र त्यहाँ कार्यरत मजदुरका शरीर क्षतविक्षत भएर हावामै उडको प्रत्यक्षदर्शीले बताएका छन्।
उक्त दुर्घटनामा अझै दश जना हराइरहेको बताइएको छ भने मृतक पाँच जनाको पहिचान खुलेको छ।दुर्घटना लगत्तै प्रहरी र स्थानीय बासीहरु खानीका मजदूरको खोज तथा उद्धारका लागि परिचालन भएको स्थानीय अधिकारीहरुले बताएका छन्। सिन्ह्वा








