१७ बैशाख ।जिल्लाको एक मात्र सरकारी अस्पताल गौरमा शनिवार देखि ओपिडी र इलेक्टी सर्जरी सेवा बन्द हुने सुचाना जारी गरेपछि सर्वसाधारणमा चिन्तामा परेको छ ।

गौर अस्पतालको मेडिकल सुप्रिडेन्ट कृष्णा साहद्धारा हस्ताक्षरित पत्रमा कोभिड १९ को दोश्रो लहर फैलिएका कारण उक्त संक्रमण फैलिन नदिन एवं रोकथामको लागि गौर अस्पतालबाट प्रवाह भईरहेको सेवाहरु सिडिपी, इलेक्टीभ सर्जरी, ओपीडि सनिवार वैशाख १९ गते देखि बन्द गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनस्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रको पत्र अनुसार शनिवार देखि गौर अस्पतालबाट प्रवाह हुन सेवा ओपिडि, इलेक्टीभ बन्द हुँदा सर्वसाधारणमा पर्ने असुविधा प्रति गौर अस्पताल क्षमाप्रार्थी रहेको विज्ञप्ती मार्फत जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here