११ बैशाख एजेन्सी । टाइम्स अफ इन्डियाका अनुसार स्थानिय समय अनुसार शुक्रबार साँझ ४ बजे चमोलीको निती उपत्यका नजिकै रहेको सुम्ना क्षेत्रमा हिमताल फुटेको हो।
घटनामा अन्य ३८४ जनाको उद्धार गरिएको छ। मृतक तथा घाइते हुनेहरु सीमा सडक संगठन (बीआरओ)का मजदुर थिए।‘सडक निर्माण कार्यको लागि दुई टुकडी र दुई शिविरहरू थिए। उनीहरु आर्मी क्याम्प सुम्नाबाट तीन किलोमिटर टाढा बसेका थिए। यस क्षेत्रमा विगत पाँच दिनदेखि भारी वर्षा र हिउँ परेको छ जुन अझै जारी छ,’ रक्षा मन्त्रालयका एक अधिकारीले भने।
मृतकमध्ये आठ जनाकाे शव फेला परेकाे जनाइएकाे छ। ‘आठ शव फेला परेको छ। उद्धारकार्य अझै जारी छ,’ ती अधिकारीले भने, ‘उद्धार गरिएका मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।’
हिमताल फुटेर तल्लो क्षेत्रमा बाढी आउँदा कारण चार/पाँच स्थानमा सडक अवरुद्ध भएको बताइन्छ। ‘सुमनको ४ किलोमिटर अगाडि उत्तराखण्डको सुम्ना- रिम्खिम सडकमा अवरुद्ध पारेकाे छ,’ उनले भने।
राज्यको मुख्यमन्त्री तीर्थ सिंह रावतले उक्त क्षेत्रको हवाई निरीक्षण गरेका छन्। ‘अत्यधिक हिउँ परेको कारण सडकहरू बन्द भएका छन्। यस्तै, अवरुद्ध सञ्चार नेटवर्कलाई पुनर्जीवित गर्ने प्रयास भइरहेको छ,’ ट्वीटमा उनले भनेका छन्।
फेब्रुअरीमा एक हिमताल फुट्दा र त्यसपछि गएकाे पहिरो तथा बाढीले दुई जलविद्युत परियोजना बगाएकाे थियाे। यस घटनामा २०० भन्दा बढीले ज्यान गुमाएका थिए।







