रौतहट ६ बैशाख ।
रौतहटको गरुडाका सम्पुर्ण विद्यालयहरु एक साताका लागी बन्द भएका छन । रौतहट जिल्लाको गरुडा नगरपालिकाका केही विद्यालयहरुमा संक्रमितको सख्या अत्याधिक रहेको र अन्य केही विद्यालयका विद्यार्थीहरुमा समेत कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखा परेकाले कोरोना भाइरस उच्च जोखिमबाट जोगिन रौतहटको गरुडा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु एक साता बैशाख १० गते सम्म बन्द गर्ने गरुडा नगरपालिकाले एक सुचना जारी गरि जानकारी गराएको छ । गरुडा नगरपालिका क्षेत्रभित्रका सम्पुर्ण विद्यालय मंगलबारबाट बैशाख १० गतेसम्म् बन्द रहने निमित्त प्रमुख प्रशासकिय अधिकृत मो. मुस्ताक आलमले बताउनु भयो ।








