काठमाडौं २८ चैत ।
भारतमा एकै दिन एक लाख ४४ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ४४ हजार ८२९ जना नयाँ संक्रमित थपिएका हुन्। उक्त अवधिमा भारतमा ७७३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ। भारतमा दैनिक संक्रमणको दर उच्च बन्दै गएको छ। जुन गत २४ घण्टामा थपिएको संक्रमित संख्याले पनि देखाउँछ। त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ३२ लाख दुई हजार ७८३ पुगेको छ। उक्त संक्रमितमध्ये एक करोड १९ लाख ८७ हजार ९४० जना निको भइसकेका छन् भने १० लाख ४६ हजार ३७६ सक्रिय संक्रमित रहेका छन्। कारण एक लाख ६८ हजार ४६७ जनाले ज्यान गुमाइसकेका छन्।






