रौतहट ७ चैत ।
कटुवा पेस्तोल र गोलीसहित बाराबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको साविक डाम्ही मडई गा.वि.स. २ का ४० वर्षीय प्रमोदकुमार भुमिहार रहेका प्रहरीले जनाएको छ । उनलाई बाराको जितपुर सिमरा उपमहानगरपालिका ७ शान्तिटोल स्थित गजेन्द्र ठाकुरको सैलुनबाट कटुवा पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जनाएका हुन् ।
इलाका प्रहरी कार्यालय सिमरा र जीतपुरको संयुक्त प्रहरी टोलीले सैलुनमा बसेको भुमिहालाई शंकास्पद अवस्थामा खानतलाशी गर्दा कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने गोली दुई राउण्ड र दुई थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका भुमिहारलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here