सर्लाही २० फागुण ।
सर्लाहीमा छतबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कौडेना गाउँँपालिका(२ इनर्वा बस्ने २० वर्षीय श्याम मुखिया रहेका छन्।
सदरमुकाम मलंगवा नगरपालिका ४ पानी टंकीस्थित रामबाबु साहको दोस्रो तल्लाको छत ढलान गर्ने क्रममा खसेर मुखियाको ज्यान गएको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिनुभयो। छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लाँदै गर्दा बाटोमै मृत्यु भएको उँहाले बताउनुभयो। मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ ।






