रौतहट २७ माघ ।
रौतहट स्थित प्रहरीले लामो समय फरार रहेका चार जना अभियुक्त लाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गरुडा र चन्द्रपुरले उक्त अभियुक्त लाई पक्राउ गरेको हो ।
अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका प्रतिवादी रौतहटको गुजरा नगरपालिका वडा नं ७ वस्ने महमजान अंसारीको छोरा वर्ष ३७ को महम्दीन अंसारी ,
खाध्य सम्बन्धी मुद्दामा एकलाख ३२ हजार जरिवाना भएका चन्द्रपुर नगरपालिका वडा नं.५ वस्ने वर्ष ५२ को गणेश घिमिरे, लागु औषध मुद्दामा २ महिना कैद र १४ हजार चारसय ५० जरीवाना भएका फरार प्रतिवादी चन्द्रपुर ६ वस्ने वर्ष ३० को संजिव ठोकरलाई प्रहरीले पक्राउ गरेको छ ।
तस्तै लागु औषध मुद्दामा १२५५ रुपैया जरिवाना भएका सोही ठाउँका अर्जुन लामा भन्ने मंगल बहादुर लोप्चनलाई पक्राउ गरेर जिल्ला अदालत गौर मार्फत कानुनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत बहादुर श्रेष्ठले जनाएको छ ।








