रौतहट २६ माघ ।
रौतहटमा वन गस्ति टोलीले सोमबार विहान चिरान काठ सहित दुई जनालाई पक्राउ गरेको छ । सव डिभिजन वन कार्यालय पौराई अन्तर्गत जुडिवेलाबाट घरमा काठ चिरान गरिरहेको अवस्थामा टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा न। ५ बस्ने ५० बर्षको राम एकवाल राउत तथा सोहि स्थान बस्ने राम विनय साहलाई पक्राउ गरेको छ ।

डिभिजन वन कार्यालय पौराईका जम्दार शेख अनरुवारुलको टोलीले १५ क्युफिट ३ थान काठ सहित उनीहरुलाई पक्राउ गरेको हो ।

उहाँका अनुसार राम विनयको घरमा काठ चिरान भै रहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका व्यति तथा काठलाई डिभिजन वन कार्यालय रौतहटमा राखि थप अनुसन्धान भै रहेको जनाएको छ । पछिल्लो समयमा सव डिभिजन वन कार्यालय पौराईको टोली बन गस्तिलाई तिब्रता दिदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here