काठमाडौँ २१ माघ ।
आइतबार देखि ट्राफिक जरिवाना अनलाइन भुक्तानी’ सेवाको शुभारम्भ गरेका छन । अनलाइनबाटै जरिवाना भुक्तान गर्न मिल्ने ट्राफिक प्रहरीले व्यवस्था गरेको छ।
यो प्रणाली सुरु भएपछि सवारी चालकलाई लाइन बस्नुपर्ने, बैंकमा जरिवानाको रकम जम्मा गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने छ।
सवारी चालकको सहजताका लागि जरिवाना रकम अनलाइनबाट भुक्तानी गर्न मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सावारी चालकलाइ सजिलो होस भनेर ओनलाइन बापत जरिवाना रकम भुक्तानी गर्ने मिल्ने प्रणाली सुरु गरेका हुन । प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सो सेवा उद्घाटन गर्ने कार्यक्रम गरेका हुन ।







