जनकपुरघाम १८ माघ ।
प्रदेश सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरु नियुक्ती पाएका हुन । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिमा डा. राम केवल साह, रजिष्टारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरिएका हुन् । मुख्यमन्त्री निवास मधेशभवनमा आयोजित एक कार्यक्रम बिच मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ती पत्र हस्तान्तरण गर्नु भएको हो । नियुक्ति पत्र हस्तान्तरण भए पछि संचारकर्मीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशकै गौरबको योजनाको रुपमा रहेको प्रतिष्ठानको पदाधिकारी नियुक्ती सरकारका लागि गौरबका रुपमा रहेको बताउनु भयो । नवनियुक्त पदाकिारीहरुको लागी अवसर र चुनौती दुबै रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले यसै वर्ष देखी एकेडेमिक सेशनहरु संचालन हुने विश्वास व्यक्त गर्नु भयो । प्रादेशिक अस्पताल जनकपुरलाई समेचुत प्रतिष्ठान मातहत रहने गरि प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको हुन् ।कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साहले प्रतिष्ठानले प्रदेश २ लाई स्वास्थ्यका हव बनाउन मदत पुग्ने वहाले बताउँनु भयोे । यस कार्यक्रममा भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि शैलेन्द्र प्रसाद साह, र मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितको उपस्थिति रहेको थियो ।








