हेटौंडा १५ माघ ।
हेटौंडामा टिपरको ठक्करबाट एक जना पैदलयात्री गम्भिर घाइते भएकी छिन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा -४ शिवबुवा पेट्रोल नजिक टिपरको ठक्करबाट हेटौंडा ४ सुर्य चोककी ३६ वर्षिय सिता गिरी गम्भिर घाइते भएकी हुन् ।उनी बिहिबार बिहान सिमा चोकबाट कर्रा तर्फ जाँदै गरेको बेला ना ८ ख ७२५८ नम्बरको टिपरको ठक्करबाट सडक किनारामा हिनिरहेकी गिरी घाइते भएको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।उनको हेटौंडा(११ मा रहेको चुरेहिल अस्पतालमा उपचार नभएपछि थप उपचारको लागि चितवन पठाइएको रानाले बताए ।
गिरीलाई ठक्कर दिने टिपर चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।








