काठमाडौं १५ माघ।
काठमाडौंको टेकुस्थित कालोपुल नजिकैबाट प्रहरीले लागूऔषधसहित तीनजनालाई पका्रउ गरेका छन्।पक्राउ पर्नेमा काठमाडौंको स्वयम्बु बस्ने १९ वर्षीय सुशिल नेपाल, सिन्धुपाल्चोक साँगाचोक गढी घर भई सोही ठाउँ बस्ने २४ वर्षीय सन्दिप तामाङ र महोत्तरीको खैरमारा नगरपालिका घर भई सोही ठाउँ बस्ने २४ वर्षीय निशान तामाङ रहेका छन् ।
बुधबार राति बा २ ज २०६५ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।उनीहरुको साथबाट १२३ थान नाइट्रोभेट, ३० एम्पल फेनारगन,, ३० एम्पल नुफिन,३० एम्पल डाइजेपाम दुई बोतल कोरेक्स बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जनकारी दिनुभयो ।








