बिराटनगर ५ माघ ।
सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
सोलुखुम्बुको सोलु खोलामा निर्माणाधीन हाइड्रोपावरका लागि सामान ओसार पसार गर्ने बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। भने एकजना गम्भिर घाइते छन् ।
आइतबार राति ११ बजेतिर भएको दुर्घटनामा टिपर चालक धादिङको थाक्रे गाउँपालिका घर भएका अन्दाजी ३२ वर्षीय कमल मगर, सप्तरीको सुरुङ्गा नगरपालिका–८ का १९ वर्षीय कृष्णलाल चौधरी,मकवानपुरको बागमती गाउँपालिका–४ का राज कुमार मगर को घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमन कुमार तिमल्सिनाले जानकारी दिएका छन् ।दुर्घटनामा मकवानपुरको बागमती गाउँपालिका–४ का २३ वर्षीय रमेश मगर भने गम्भीर घाइते भएका छन् । उनलाई सडकबाट लगभग एक सय मिटर तल भेटिएको टिपरको अगाडिको भागमा अड्कि रहेको अवस्थामा उद्धार गरिएको थियो । चालक बाहेक मृत्यु भएका दुई र घाइते भएका एक जना ज्थमचय एयधभच का कामदार भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here