रौतहट ४ माघ ।
रौतहटको ईशनाथ नगरपालिकामा जेष्ठ नागरिक, एकल महिला तथा दलित परिवारलाई न्यानो कपडा वितरण गरीएको छ ।
अत्याधिक चिसो बढेपछि जनताहरुलाइ केहि रुपमा सहज हो भन्ने आरडिसी नेपालको सहयोगमा ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताको प्रमुख अतिथिमा ईशनाथ नगरपालिका अन्तर्गतका जेष्ठ नागरिक, एकल महिला तथा दलित परिवारलाई न्यानो कपडा वितरण गरेको हो ।
चिसो संगै शितलहर बढेपछि कष्टकर बनेको सर्वसाधारणको दैनिकीलाई ध्यानमा राखी नगरपालिकाले कपडा वितरण गरेको छ ।
ईशनाथ नगरपालिकाकाले आफ्नो नगरभित्र बसोबास गर्ने स्थानीय विपन्न करीब १२० घर परिवारलाई न्यानो कपडा वितरण गरेको हो। न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दे ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष कुमार मेहताले नगरपालिकामा बसोबास गर्ने बिपन्न परिवारका स्थानीय, एकल महिला र जेष्ट नागरिक तथा दलित परिवारलाई चिसो बाट बचाउन न्यानो कपडा वितरण गरिएको बताउनु भएको छ । कपडा वितरण गरेपछी स्थानीयहरु खुसी भएका छन्








