हुम्ला ३ माघ ।
हुम्लाको मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ ।
सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार देवेन्द्र खड्काको उपचारका क्रममा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको छ ।
हवल्दार देवेन्द्र खड्काको बर्दिया जिल्ला घर भएका पिप्लाङ गाउँपालिकास्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागी क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्ज बाँके हुँदै हेलिकोप्टरबाट नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा लगिएको थियो । उपचारका क्रममा उहाँको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।








