काठमाडौं २८ पौष ।
सुरक्षाको दृष्टिकोणमा काठमाडौँ उपत्यका अन्य क्षेत्र भन्दा बढी संबेदनशील र चुनौतीपूर्ण छ । देशको संघिय राजधानी साथै विशिष्ट व्यक्तिहरु बस्ने तथा जनघनत्व पनि बढी छ । जसले अपराधको घटना दुर्घटनाको दर बढाउछ । अहिले काठमाडौँ जिल्लाको प्रहरीको नेतृत्व प्रहरी बरिष्ट उपरीक्षक अशोक सिंहले गर्नु भएको छ । काठमाडौँ जिल्लाका धेरै युनिटमा काम गरेर अनुभव हाशिल गरि सक्नु भएको छ । बरिष्ट उपरीक्षक सिंहले न्युज एजेन्सी नेपाल सँगको सम्बादमा काठमाडौँको सुरक्षा,प्रहरी आचरण आफ्नो काम गराई बारे बताउनु भएको छ । सम्बादको क्रममा बरिष्ठ उपरीक्षक सिंहले बिकशित राजनैतिक घटनाक्रमले सुरक्षा चुनौतीलाई बढाएको बताउनु भयो । दिनहुँ जस्तो हुने धर्ना जुलुश प्रदर्शनको आडमा अवान्छित क्रियाकलाप हुन सक्ने तर्फ सबै सजग र सचेत हुन आग्रह गर्नु भएको छ ।
(नोट हामीले प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंह सँग गरेको कुराकानीको सम्पादित भिडियोको अंश सर्भरमा पठाएका छौ आफ्नो अनुकुलतामा प्रयोग गर्न सक्नुहुन्छ ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here