काठमाडौं २३ पौष i

माछापुच्छ्रे बैंक र गोकर्ण फरेष्ट र पार्क भिलेज रिसोर्ट बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेष्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १०% सम्म छुट पाउनेछन् ।

त्यसै गरि पार्क भिलेज रिसोर्टको सम्पूर्ण सुविधाहरुमा १०% सम्म छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिटरक्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ । संभार रातोपाटी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here