सन्तोष काफ्ले ।

रौतहट । नेकपा रौतहटको क्षेत्रिय बिस्तारित बैठकलाई सम्बोधन गर्दे केन्द्रीय सदस्य युवराज भट्टराई समीरले वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसद विघटन गरी संविधानको धज्जी उडाएको र नेपाल र नेपाली जनताको अभिमतलाई कुठाराघात गर्दै असंवैधानिक कदम चालेर आफूले आफूलाई तानाशाह सिद्ध गर्न तल्लीन रहेर लागि परेको बताएका छन् ।

खड्ग प्रसाद ओली नेतृत्वको सरकार इतिहासकै कलंकको नमूना भएको र उनको असंवैधानिक कदम पश्चात ओलीको सत्तालिप्सा र व्यक्तिवादी चरित्रको कारण सिंगो कम्युनिस्ट पार्टीको नै बदनाम गराएको उनले बताए ।

कार्यक्रममा संविधानसभामा सदस्य एबम् पूर्व ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले ओलीको गुट मात्र भएको र त्यो गुटले अहिले आफूले पार्टी आधिकारिक भएको भनेर स्वघोषित घोषणा गर्दै हिड्नु केटाकेटीपन भएको बताए । संविधान भन्दा माथिको अधिकार वर्तमान संविधानले कसैलाई पनि नदिएको बताउँदै नवतानाशाह को रूपमा संविधानको मर्म र जनभावना विपरीत संसद विघटन गर्ने ओली लाई नेपाली जनता ले लेखाजोखा गरेको र त्यसको प्रतिफल सम्मानित न्यालयमर्फत नेपाली जनताले न्याय पाउने पूर्व राज्यमन्त्री भगतले बताए ।

काम चलाउ प्रधानमन्त्री खड्गप्रसाद ओलीले गरेको असंवैधानिक कदमका विरुद्द देशै भरि आन्दोलन र संघर्षको कार्यक्रमहरू नेकपा केन्द्रीय कमिटी ले सार्वजनिक गरिसकेको छ सोही कार्यक्रममा लाई कसरी सफल बनाउने भन्ने विषयमा कार्यकर्ता हरु माझ भेला कार्यक्रम राखिएको नेता ओहिद अन्सारीले जानकारी दिएका छन् । कार्यक्रम रौतहट क्षेत्र नं ३ को गरुडामा र क्षेत्र नं ४ को हर्शा मा छुट्टै छुट्टै कार्यक्रम राखिएको नेकपा रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई समीरले जानकारी दिएका छन् ।

उनले कार्यक्रममा कार्यकर्ता लाई सम्बोधन गर्दै नेकपाको आधिकारिक पार्टी प्रचण्ड माधव नेपाल नेतृत्वको नै भएको र केही अवसरवादी तत्वहरू सत्ताको स्वादमा खड्ग ओली गुटमा प्रलोभन र प्रभावमा परी लागेको हुँदा पार्टीको आधिकारिकता माथि दोधारमा नपर्न र येथार्थ कुरा जनतामाझ लिएर जान जिल्ला नेता कार्यकर्ता लाई निर्देशन समेत दिएका छन्। घाम जस्तो छर्लङ्ग कुरालाई कसैले रोक्न र झुक्याउन नसक्ने उनले दाबी समेत गरेका छन् । ओली गुटको चुरुफुरी अबको आन्दोलन र संघर्षको कार्यक्रम ले समाप्त हुने नेता भट्टराईले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here