रौतहट, २० पौष ।
रौतहटको बृन्दावन नगरपालिका मेयर रामस्नेही राय यादव र निमित प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र राय यादवले राष्टिय गौरबका योजनाको नाममा गाउँ नै स्वाहा हुने गरि नदी उत्खन्न गर्न लागिएको स्थानियबासीहरुले आरोप लगाएका छन् ।

नगरपालिका अन्र्तगत पर्ने नदीबाट ढुंगागिट्टी निकासी गर्ने निहुमा गाउ बचाउका लागि निर्माण गरिएको बाँध तथा गाउछेउका नदीबाट मापदण्ड विपरित गडा नै खन्न लागि गाउ स्वाहा गर्ने योजनामा लागि परेको गाउलेहरुको आरोप रहेको छ । नगरपालिकाको बलरी खोर लगायत अन्य भागमा रहेको नदीबाट पहिले विना स्वीकृत र अनुमति ७० लाख भन्दा बढी रकमको ग्रेभल तथा ढुगा ठेकेरदारसंग आन्तरिक लेनदेनको भरमा निकासी कार्य गरेको देखिए पछि आफुहरुले उक्त कार्यको विरोध गरे पछि प्रक्रिया पुरा गर्न कार्यपालिकाको बैंठकबाट ५० हजार घनमिटर ग्रेझल र ढुंगा निकासीका लागि निर्णय गरि अनुमति दिए पनि हाल करिब २ लाख घनमिटर निकासी भई सकेको र अझै पनि निकासी कार्य जारी रहेको स्थानिय प्रेम शंकर यादव बताउछन् ।
स्थानीय प्रेम शंकर यादवका अनुसार नदीबाट ३ देखि ४ फिट खन्नु पर्नेमा १५ फिट भन्दा बढी खन्न गरेको गाउ नै सखाप पार्न खोजेको बताए । आफुहरुले यसबारे के भएको भनि नगरपालिकासंग सुचना माँग गर्दा समेत नदिएको र नगरपालिकाको नगद हिनामिना गर्नुका साथै लाखौंको राजश्व प्रत्येक दिन छलि गरेको प्रतिक्रिया दिए ।
स्थानीयहरुले नगरका मेयर र हाकीमले आफनो निजी स्वार्थका कारण नगरबासीलाई नै भोलीबा दिनमा घर विहीन बनाउने योजना राखेको आरोप समेत लगाएको छ
स्थानीयहरुका अनुसार नगरपालिकामा यस बाहेक अन्य शिर्षकहरु समेतमा व्यापक भ्रष्टाचार हुने गरेको र नगर प्रमुख तथा प्रशासकिय अधिकृतसंग वास्तविक जान्नका लागि सुचना माँग गर्दा समेत कुनै वास्ता नगरेको दुखेसो पोखेका छन् ।
नगरपालिकाले राष्टिय गौरबका योजनाका लागि नदीबाट विना सुचना मन्त्रालयको पत्रका आधारमा कार्यपालिकाको बैठकबाट रेल मार्ग निर्माण गर्ने कम्पनीलाई ५० हजार घनमिटर ग्रेभल र ढुगा निकासीको अनुमति दिए पनि १ लाख ८० हजार भन्दा बढी निकासी भई सक्दा पनि ३५ हजार घनमिटरको रेकर्ड मात्र रहेको र बाकीको रकम हाकिम तथा मेयर उनका आसेपासेहरुले हिनामिना गर्ने गरेको कुरा बाहिरीए पछि नगरपालिका अहिले चर्चामा आएको हो ।








