रौतहट, २० मंसिर ।
रौतहट जिल्लाको गरुडा नगरपालिकाले शनिवारका दिन १७ औं महिला सामुदायिक स्वयंसेविका दिवसको अवसरमा जनचेतनामुलक रैली लगायतका कार्यक्रमहरु गरेको ।

नगरपालिका भित्र कार्यरत रहेकी महिला स्वयम सेविकाहरुको मनोबल उच्च गर्ने अभिप्रायले नगरप्रमुख इन्नु राय यादवको प्रमुख आतिथ्यता तथा नगरउपप्रमुख रंगिला देवी जयसवालको विशिष्ठ आतिथ्यतामा नगरपालिकाको शिवनगरमा रैली सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत मोहमद मुस्ताक आलम एवम स्वास्थ्य शाखाका प्रमुख जर्नादन झाको सक्रियामा नगरपालिका भित्र रहेका महिला स्वयम सेविकाहरुलाई नगद तथा प्रमाण पत्रबाट सम्मान समेत गरिएको उपप्रमुख रंगिला देवी जसवालले जानकारी दिनु भयो ।
जिल्लाका अन्य स्थानिय तहहरुले समेत आज १७ औं महिला स्वयम सेविका दिवश विभिन्न कार्यक्रमहरु गरि मनाएका छन् ।







