जनकपुर, १८ मंसिर ।
धनुषा जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्र्तगत धनुषाधाम नगरपालिकामा बिहिबार जनता समाजवादी पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
आज आयोजित पार्टी प्रवेश कार्यक्रममा हरिपुरका नेकपा लगायत अन्य पार्टी परित्याग एक सय भन्दा बढी स्थानीय स्तरका कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
विसं २००३ सालमा स्थापित नेपाली कांग्रेस तथा २००६ सालमा स्थापित कम्युनिष्ट पार्टी मधेसी, दलित, जनजाति, मुस्लिम एवम थारु विरोधी पार्टी रहेको भन्दैं समान अधिकार, पहिचान र स्वभिमान रक्षाका लागि देशको वैकल्पिक शक्ति जसपा नेपाल पार्टी भएकाले उनीहरु प्रवेश गरेको जसपाका नेता रामअसिस यादवले बताउनु भयो ।
८० वर्ष पहिले १९४० देखि १९५८ सम्म मधेसी समुदायलाई काठमाडौं जानलाई मकवानपुरको भिमफेदीमा विदेश जस्तो भिसा लिनु पर्ने घटनाको स्मरण गर्दै सबैले समान अधिकार र सबको विकासका लागि संगठित भई एक पटक पुनः जबर्जस्त जनसंघर्ष गर्नु पर्ने आवश्यक रहेको नेता यादवले बताए।








