रौतहट १५ मंसिर ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका बसन्तपुरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
चन्द्रनिगाहपुराबाट गौर जान लागेको ना. ३ ख ५७२२ नम्बरको ट्रकले आज बिहान ठक्कर दिँदा ६५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
ट्रकको ठक्करबाट चन्द्रपुर नगरपालिका वडा नं ८ मोतीपुरकी ६५ वर्षकी देवकी आचार्यको ज्यान गएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धीबिक्रम शाहले जानकारी दिएका छन् ।
ठक्कर दिने चालक र ट्रक ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको एसपी शाहले बताए ।
घटनाबारे आवश्यक अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।








